Article

अमेरिका र युरोपको तनाव सुख

Publish On: Jul 10 2018

अमेरिका र युरोपबीचको निकटता दुवैको वर्तमान र भविष्यको लागि उत्तिकै अपरिहार्य छ भोलि र पर्सी अर्थात जुलाई १११२ का लागि तय भएको र बेलायत, जर्मनी, फ्रान्सलगायत युरोपका २७ र अमेरिका र क्यानाडा गरी २९ मुलुकहरूको सैनिक संगठन (उत्तर अट्लान्टिक सन्धि संगठन (नाटो) को विघटनको सम्भावना रहेकोबारे नाटोका महासचिव तथा नर्वेका पूर्व प्रधानमन्त्री जेन्स स्टोल्टेन्बर्गले गएको जुन २१ मा...

read more

अब अन्तरिक्ष र भूमिगत युद्धसेना

Publish On: Jul 3 2018

हतियार र उच्च नैतिक बलका उत्तिकै अचुक प्रतिरक्षात्मक र आक्रामक प्रहार क्षमताको पछाडि भने प्रभावकारी अन्तरिक्ष सैन्य क्षमताले नै काम गरिरहेको हुन्छ गएको जुन १८ मा ह्वाइट हाउसको स्वागत कक्षमा नेसनल स्पेस काउन्सिलको बैठक र स्पेस पलिसी डाइरेक्टिभ ३ को हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अमेरिकाको विराट राष्ट्रिय हित निहित रहेकोले त्यहाँ अमेरिकाको उपस्थिति...

read more

चिनियाँ रेल र काठमाडौं कोदारी राजमार्ग

Publish On: Jun 26 2018

प्रधानमन्त्री केपी ओलीले नेपाल र चीनबीच नयाँ र ऐतिहासिक सम्भावनाका ढोका खोलेका छन्। तर सबैभन्दा पायकका चिनियाँ बन्दरगाहहरूबाट नेपालले पारवहन सुविधा पाउने विस्तृत प्रोटोकलमा हस्ताक्षर र सोसम्बन्धी स्मृतिपत्र आदानप्रदान नभएकाले आम नेपाली जनता भने निराश देखिन्छन्। तथ्य के पनि हो भने विभिन्न नदी र समुद्र हुँदै प्रशान्त महासागरमा खुल्ने चीनका सानाठूला गरेर दुई हजारभन्दा बढी बन्दरगाह छन्। नेपालको...

read more

ओलीको चीन र भारत चुनौती

Publish On: Jun 19 2018

संसारका ३२ भूपरिवेष्टित मुलुकमध्ये आधा मुलुक गरिब छन्। विश्व बैंकले २००७ मा नै गरेको एउटा विस्तृत अध्ययनअनुसार भूपरिवेष्ठित मुलुकहरूका आयात वा निर्यातका सामानहरू उत्पत्तिको स्थानबाट लक्षित स्थानसम्म पुग्न चारदेखि छ हप्ता लाग्छ। समुद्रसँग सीमा जोडिएका मुलुकको तुलनामा यो दोब्बरभन्दा बढी समय हो। बन्दरगाहको स्वामी राष्ट्रका अदक्ष, असक्षम र भ्रष्ट बन्दरगाह प्रशासन, क्लियरेन्सका जटिल र वाक्क लाग्दा प्रक्रिया पूरा...

read more

नरेन्द्र मोदी र नरेन्द्र मोदी

Publish On: Jun 12 2018

भारत, चीन, अमेरिका, भेटिकन र युरोपियन युनियनका मुलुकहरू, उनीहरूबाट लाभ र अवसर प्राप्त नेपाली र विदेशी गैरसरकारी संस्थाहरूले आफ्ना राजनीतिक, सामाजिक, धार्मिक र सांस्कृतिक एजेन्डाहरूलाई नेपालमा स्थापना गर्न पहिला नेपाल राष्ट्र, राज्य, समाज र यहाँको इतिहास, धर्म, संस्कृति र समुदायविशेषलाई अपराधीका रूपमा देशविदेशमा प्रस्तुत गरे। घृणा र द्वेषलाई संस्थागत गरिदिए। त्यसैको परिणाम आज भारत तथा चीनका बृहत् राष्ट्रिय...

read more

गणतन्त्रको विकल्प ?

Publish On: Jun 5 2018

एक दशकको आयु भोगेको गणतन्त्रलाई गएको साता नेपाली समाचारमाध्यमहरूले राम्रै स्थान दिए। गणतन्त्रको जस लिने होड पनि मज्जैले देखियो। जजसले दाबी गरे पनि वास्तवमा गणतन्त्र नेपाल र नेपाली जनताका लागि उपलब्धिमूलक हुन सक्यो भने त्यसको मुख्य जसभागी प्रचण्ड र डा. बाबुराम भट्टराईहरू नै हुन्। महानायक वा खलनायक जे भए पनि उनीहरू नै हुन्। वाह्य स्वार्थसमूहबाट उपलब्ध हुने लाभ...

read more

टिमुर साम्राज्यदेखि सांघाई सहयोगसम्म

Publish On: May 29 2018

पछिल्लो समय संसारका सबैभन्दा ठूला साम्राज्यका सम्राट थिए टिमुर वा ट्यामरलेन। फेबु्रअरी १४०५ मा मृत्यु हुनुपूर्व टर्कीदेखि भारतसम्म र मस्कोदेखि इरानसम्म उनले शासन गरेका थिए। संसारको सबैभन्दा ठूलो भूखण्ड, सबैजसो प्रमुख मानव सभ्यताहरूको उद्गम स्थल, शताब्दीयौंसम्म विश्वका सबैभन्दा महान र शक्तिशाली साम्राज्यहरूको युद्ध, संघर्ष र शान्तिको अभ्यासभूमिको परिचय बनाएको वर्तमानमा युरेसिया भनिने भूभागका उनी एकछत्र सम्राट थिए। हार्वर्ड...

read more

ओलीको अक्षम्य कूटनीतिक लापरबाही

Publish On: May 22 2018

२०७२ को मधेस आन्दोलन र नाकाबन्दीमा राष्ट्रिय मनोबल निर्माण गर्न प्रधानमन्त्री केपी ओलीले असाधारण नेतृत्व क्षमता र दृढता प्रदर्शन गरेका थिए। त्यतिखेर ओलीले अलिकता कमजोरी देखाएको र मुलुकको भविष्यबारे जनतामा आशा र विश्वास जगाउन नसकेको भए मुलुकको अवस्था के हुन्थ्यो भन्न सकिने अवस्था थिएन। त्यसका लागि मधेस, पहाड र हिमालका सचेत तर चिन्तित जनता ओलीप्रति कृतज्ञ देखिएका हुन्।...

read more

Good for Nepal

Publish On: May 21 2018

Communist unity is a historical step to have a stable government and to focus on national agenda of economic development and social progress. The unification between Nepals two largest communist partiesCPN-UML and CPN-Maoist Centerinto a single entity of Nepal Communist Party (NCP) is a historical step for Nepal to have a sustainable and stable government and to focus...

read more

Memories of 2015 blockade will haunt Modis Nepal visit

Publish On: May 18 2018

As the visit by Indian Prime Minister Narendra Modi to Nepal approaches, there are indications on social media that he will face a chilly welcome. Hashtags like #BlockadeWasCrimeMrModi and #ModiNotWelcome are trending. Modi is due to arrive in the neighboring country this Friday for a two-day official visit. Notwithstanding theissues he is likely to focus onduring talks with...

read more