जम्मुकश्मीरको भूराजनीति : विगत र वर्तमान

Publish On: August 19, 2019

पृथक राज्यको रूपमा भारत र पाकिस्तानको जन्म भएको एकै वर्षभित्र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका थिए विभाजनको विकल्पलाई प्राथमिकता दिइनु पर्थ्यो.अन्तत: मलाईविश्वास छ भारत र पाकिस्तान निकट आउनेछन र एउटा सङ्घीय संरचनालाई दुवै मुलुकले स्विकार्ने छन् दुईमुलुक वीच शान्ति स्थापनाको अर्को कुनै विकल्प छैन विकल्प युद्ध मात्रै हो।()

मृत्यु शैयामा रहेका जिन्हाले पाकिस्तानी प्रधानमन्त्री लियाकत अली खानलाई भने मेरो जीवनको सबैभन्दा ठूलो गल्ती भनेकै अलग पाकिस्तानी राज्य निर्माण गर्नु हो। नेहरू मात्रै होइन, पाकिस्तानका राष्ट्रपिता र अलग पाकिस्तानी राज्यका सँस्थापक मोहम्मद अली जिन्हा पनि अलग पाकिस्तानी राज्यकोनिर्माण गरेर भयङ्कर गल्ती गरिएछ भन्ने स्थितिमा पुगेका थिए।

जिन्हाले त्यतिखेर थपभने शरीरले अनुमति दिन्थ्यो भने म अहिले नै दिल्ली जान्थें र नेहरूलाई भेटेर विगतका सबै गल्तीहरूलाई बिर्सेर पुन पहिला जस्तै मित्रवत रहन भन्ने थिएँ।()

जिन्हाका उत्तराधिकारी लियाकत अली खाँ पनि विभाजनलाई गतिलो मानिरहेका थिएनन्।

स्मरणीय छ,विभाजनका मूल सूत्रधार तथा ब्रिटिस भारतका अन्तिम गभर्नर जनरल लर्ड माउन्टबेटन थिए।

उनले चाहेको भए र राजनीतिक र प्रशासनिककुशलता र इमान्दारी प्रदर्शन गरेको भए भारतको विभाजन हुने थिएन।

तर उनी विभाजनको दोष भारतका हिन्दुनेताहरूलाई दिन्थे।

हिन्दु नेताहरूसँग मुसलमान नेताहरुलाई र मुसलमान नेताहरूलाई हिन्दु नेताहरूसँग साथै हिन्दु-हिन्दु र मुसलमान-मुसलमान नेताहरूलाई नै आपसमा भिडाउने र एक अर्का वीच अविश्वासको पर्खाल खडा गर्ने काम गरिरहेका थिए।

काश्मिर र समसामयिक भारत -पाकिस्तान सम्वन्धमा प्रवेश गर्नु अघि माथिका सन्दर्भहरूको मर्मलाई आत्मसात गरिनु अनुचित नहोला।

सम्राट अशोकको शासनकालमा भारत काश्मिरदेखि कन्या कुमारीसम्म र अफगानिस्तान र हाल चीनको पश्चिमी प्रान्त सिञ्जियाङदेखि बर्मासम्म विस्तारित थियो।

श्रीलंका, थाइल्याण्डलगायतका मुलुकमा बुद्ध धर्मको विस्तार उनैको पालामा भएकाले त्यहाँ पनि उनको प्रभाव र प्रभुत्व स्थापना रहेको बुझ्न सकिन्छ।

अशोकले नै वर्तमान काश्मिरको राजधानी श्रीनगर बसाएका थिए।

उनको साम्राज्यवर्तमान चीनको पश्चिमी प्रान्त सिञ्जियाङ्सम्म पनि पुगेको र त्यहाँ बौद्ध धर्मको विस्तार गराएका थिए।

तिब्बती स्रोतहरूले पनि सिञ्जियाङ्को एउटा प्रमुख क्षेत्र खोटान वा होतानलाई भारतीय र चीनियाँ राजाहरूले संयुक्त रूपमा स्थापना गरेको उल्लेख छ।()

सातौं शताव्दीमा आएर काश्मिरलेशक्तिशाली राष्ट्रको आकार ग्रहण गरेको थियो र उत्तरी पंजावसम्म यसको नियन्त्रणमा आएको थियो।

तर त्यसपछि सताव्दियौंसम्म काश्मिरले अफगान, अरव र मङ्गोलहरूको आक्रमण बेहोरिरह्यो।

यस्ता आक्रमणहरूबाट आजित भएर काश्मिरका राजा ललितादित्यले ठूलो सैन्य बल निर्माण गरेरमध्य एसियाका उज्वेकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान, कजाकस्तान र अफगानिस्तानदेखि हरियाणा र पञ्जावसम्म आफ्नो नियन्त्रणमा ल्याएका थिए।()

विगतमा काश्मिरमाथि आक्रमणगरेकार भविष्यमा आक्रमण गर्न सक्ने सबै सम्भावित मुलुकहरू र नाकाहरूलाई आफ्नो नियन्त्रणमा लिएर ती क्षेत्रको विकास र समृद्धिमा समेत उनले ठूलो लगानी गरे।

उदाहरणको लागि पञ्जावमा आफ्नो साम्राज्य कायम गरेपछि काश्मिरबाट बग्नेठूला नदीहरूमा बाँधबाँधेर, नहर प्रणाली विकास गरेर काश्मिरदेखि पंजाबसम्मका सम्पूर्ण कृषियोग्य भूभागमा सिंचाई सुविधा विकास गरेर ललितादित्यले काश्मिरी राजनीतिमा स्थिरताको वातावरण कायम गरेका थिए।()

ललितादित्यको शासनपछि लामो समयसम्म काश्मिर आन्तरिक अशान्ति र उपद्रवको शिकार भइरह्यो।

सयौं वर्षपछि आएर कास्मिरमा अर्का प्रतापी राजा जय सिंहले ११२८ देखि ११५६ सम्म शासन गरे।

सम्पूर्ण उत्तर भारतमुगलहरुको नियन्त्रणमा गएपनिभौगोलिक कारणले काश्मिर स्वतन्त्र रह्यो। तर जय सिंहको निधन पछि काश्मिरमा पुनः अशान्ति, अस्थिरतार अराजकताको युग फर्कियो।

त्यसै क्रममाआन्तरिक राजनीतिक संघर्षमा पराजित भएर लद्दाखका पूर्व शासकका छोरा ल्हाचान गुआल्बु रिञ्चन भागेर काश्मिर आए।

१३२० मा काश्मिरका राजाको हत्या गरेर उनी त्यहाँको शासक बने।

रिञ्चनबुद्ध धर्मका अनुयायीथिए तर काश्मिरको हिन्दुधर्म, परम्परा र संस्कृतिबाट प्रभावित थिए र उनले हिन्दु धर्म ग्रहण गर्न चाहे, तरकाश्मिरकाराजाको हत्या गरेर सत्तामा आएका र जबरजस्ती उनकी रानीलाईपत्नी बनाएकारिञ्चनलाई काश्मिरका पण्डितहरूले हिन्दु धर्म ग्रहण योग्य मानेनन् र दिक्षा प्रदान गरेनन्।

त्यसपछि रिञ्चनले इस्लाम धर्म ग्रहण गरे। काश्मिरको इस्लामीकरणमा उनको निर्णायक योगदान रह्यो।

तर रिञ्चन भन्दा धेरै अघि एघारौं सताव्दीमानै मुहम्मद गजनीको शासनकालमा नै कश्मिरको इस्लामीकरण शुरु भएको थियो।

दक्षिणी काबुललाई राजधानीबनाएरसन्९९८देखि १०३० सम्म टर्कीदेखि सम्पूर्ण मध्य एसियामा शासन गरेका गजनीलेकश्मिरदेखि गुजरातसम्मका भारतीय भूभागमा१७ पटक सम्म आक्रमण गरेर विराट परिमाणमा सम्पत्ति लुटेर लगेकाथिए।

इतिहासकारहरुका अनुसारभारत आक्रमणमा उनको दुइटा लक्ष थियो- एउटा सम्पत्ति र अर्को इस्लाम धर्मको विस्तार।

गजनीले शुरू गरेको काश्मिरको इस्लामीकरणको अभियानले रिञ्चन र मुगल शासकहरुको शासनमा आएर पूर्णता पाएको थियो।

इस्लाम धर्म ग्रहण गरेपछि रिञ्चनले आफ्नो नाऊ परिवर्तन गरेर सद्रुद्दीन राखे।

रिञ्चन अर्थात सद्रुद्दीनको निधनपछि पछि अर्को मुसलमान बंशले दुई सय बर्ष सम्म काश्मिरमाशासन गर्‍यो।

सन् १५८५मा आएर काश्मिरमाथि अन्तत मुगल सम्राट अकवरलेनियन्त्रण स्थापना गरे।

उनले काश्मिर र जम्मुका पहाडी भूभागलाईलाईमुगल साम्राज्यमा विलय गराए।

स्मरणीय छ, त्यस अघि दुई पटकसम्मको मुगल आक्रमणलाई काश्मिरीहरूले पराजित गरिदिएका थिए।

औरंगजेवको पालामा आएर मुगल साम्राज्य कमजोर हुँदै गएपछि काश्मिरमाथि अफगानीहरूले १७५० देखि १८१९सम्म शासन गरे।

उक्त अवधिलाई काश्मिरको इतिहासको सबैभन्दा अन्धकार युग मानिन्छ।

अफगानहरूले काश्मिरमा चलाएको बर्बरता र क्रूरताबाट आजित भएर काश्मिरी जनताकोतर्फबाट एउटा प्रतिनिधि मण्डल पंजावका राजा रणजित सिंहकहाँ गयो र अफगानीहरूलाईआफ्नो भूमिबाट धपाउन उनको सहयोगको लागि अनुरोध गर्‍यो।

महाराज रणजित सिंह अन्तर्गतका एक सामन्त जनरल गुलाबसिंहको नेतृत्वमा गएको पंजावी फौजले अफगानीहरूलाईकाश्मिरबाट धपायो।

जम्मु र काश्मिर रणजित सिंहको शासन अंतर्गत आयो।

रणजित सिंहले प्रसन्न भएरगुलाव सिंहलाई विर्तामा जम्मु दिए। १८३९मा रणजित सिंहको निधन भयो।

सन् १८४६मा अङ्ग्रेजहरूलेपंजावलाई पराजित गरे। तर पंजावको पराजय अघिगुलाब सिंहलाई अङ्ग्रेजहरूले आफ्नो पक्षमा पारेका थिए।

महाराज गुलाव सिंहको शासन कायम हुन आउँदा सम्म कश्मिरी पण्डितहरूकोसानोसङ्ख्या बाहेक ९० प्रतिशत काश्मिरी जनता विभिन्न मुस्लिम शासकहरूकोदमन र दवावमा परेर मुसलमान बनिसकेका थिए।

पहिलो अङ्ग्रेज -अफगान युद्धमा अफगानिस्तानमाथि आक्रमण गर्न अङ्ग्रेजलाई जम्मु भएर सेना लैजानबाटो दिए वापत अङ्ग्रेजहरू गुलाव सिंहसँग औधि प्रसन्न थिए। १८४६मा अङ्ग्रेज सिख युद्धमा पनि गुलाव सिंहले अङ्ग्रेजहरूलाई गुप्तरूपमा साथ दिएका थिए।

यी सबैको गुन तिर्ने उद्देस्यले१६ मार्च १८४६मा अङ्ग्रेज सरकारले गुलाव सिंहलाई ७५ लाख रुपैयाँमा जम्मु काश्मिर वेचिदिए।()

उनै गुलाव सिंहका चौथोपुस्ताका हरि सिंह१९४७मा भारत स्वतन्त्र हुँदा जम्मु काश्मिरका महाराजा थिए।

अफगानिस्तानदेखिभुटानसम्मकोहिमालयनबफर

माथि उल्लेखित जम्मु काश्मिरको सङ्क्षिप्त इतिहासलेजम्मु-कश्मिरको भूराजनीतिक महत्वलाई पनि संकेत गर्दछ।

चीनकोमुस्लिम बहुल तर पृथकतावादी राजनीतिकोसमस्याबेहोरिरहेकोसिन्जियाङ,क्षेत्रीय र अन्तर्राष्ट्रिय विवाद र तनावबाटमुक्त हुन अझै नसकिरहेको तिब्बत, पाकिस्तान र अफगानिस्तानसँगसीमा जोरिएकोर मध्य एसियाकोताजिकिस्तान लगायतका मुलुकहरू निकटको जम्मु काश्मिर (पाकिस्तान नियन्त्रित समेत) को भौगोलिक अवस्थितिले नै यसको भूराजनीतिक महत्वलाई स्पष्ट पार्दछ।

लेनिनले १९२०मा भनेका थिए -बेलायत हाम्रो सबैभन्दा ठूलो दुष्मन हो र बेलायतको उपनिवेश मध्ये सबैभन्दा महत्वपूर्ण भारत हो I त्यसैले बेलायतलाई सबैभन्दा कठोर प्रहार गर्न भारतमाथि नै प्रहार गर्नु पर्दछ।()

लेनिनको उपरोक्त भनाई लगत्तै सोभियत सङ्घलेपश्चिममाक्यास्पियन सागरदेखि पूर्वमा चीनको पश्चिमी सीमानासम्म र उत्तरमा रूसदेखि दक्षिणमा इरान, अफगानिस्तान र चीनसम्म विस्तारितमध्य एसियाका कजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान किर्गिजस्तानर तुर्कमेनिस्तान राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्‍यो।

ती मुलुकहरूमा कम्युनिस्ट पार्टी स्थापना गरायो। तुर्क जाती र मुस्लिम समुदायवीच जात र सम्प्रदायको आधारमा एकताको आधार निर्माण हुन नदिनती मुलुकहरूवीच नयाँ सीमा रेखा निर्माण गर्यो र सोभियत सङ्घ अन्तर्गतका स्वायत्तराज्यको रूपमा १९२४मा आफूमा मिलायो।

यहाँ अर्को विचारणीय पक्ष के पनि रहेको छ भने मुलुकमा कम्युनिस्ट शासन स्थापना हुनु भन्दा धेरैअघि देखि लगातार रूस भारतलाई लक्ष गरेर दक्षिणतर्फ अघि बढिरहेको थियो।

उदाहरणको लागि १७५९मा रूस र बृटिस भारतको भूभागवीच छ हजार किलोमिटर भन्दा बढीको दूरी थियो तर १८८५मा आइपुग्दा त्यो दूरी करीव छ सय किलोमिटरमा सीमित हुन पुग्यो। अफगानिस्तान सोभियतनियन्त्रणमा आउँदा जम्मुकाश्मिरको सीमाना (पाक अधिकृत )मा नैरूस आइपुग्यो। भारतीय काश्मिरको हिसाव गर्दा त्यो दूरी करीव सय किलोमिटर थियो।

आजको मितिमा अफगानिस्तान वास्तविक अर्थमा अमेरिका शासित छ।

अर्थातजम्मु काश्मिरको सीमानामाछेउमा अमेरिका र चीन दुवै छन्।

अर्को शक्तिशाली मुलुक रूस छेवैबाट रणनीतिक अवशर खोजिरहेको छ।

अलिअघिको एउटा सन्दर्भजोडौं सन् १८७३मा रूस र ब्रिटेनअफगानिस्तानलाई तटस्थ राष्ट्र बनाउन सहमत भएकाथिए।

तर १८७८मा रूस र अफगानिस्तान वीचको सम्भावित सन्धिलाईरोक्ने उद्देस्यलेबृटिस भारतका भायसराय लर्ड लिटनलेएउटा मिसन अफगानिस्तान पठाएका थिए तर बृटिस मिसनलाई तत्कालीन भारत र अफगानिस्तानको सीमाकोखैबर भन्ज्याङपार गरेर अघि बढ्न नदिइए पछि दोस्रो अंग्रेज अफगान युद्ध भयो।

युद्धमा अफगानिस्तान पराजित भयो। ब्रिटेनले अफगानिस्तानको परराष्ट्र नीति आफूले हेर्ने गरी अफगानिस्तानलाईतटस्थ राष्ट्र बनायो।

बृटिसभारतकोसुरक्षारणनीतिभनेकोभारतकोसुरक्षालाईअत्यन्तमहत्वपूर्णभूभागलाईभारतमागाभ्ने()र त्यस पछिका महत्वपूर्ण सीमावर्ती राष्ट्रहरूलाई आन्तरिक स्वायत्तता प्रदान गरेर आफ्नो संरक्षकत्व राष्ट्रको दर्जा दिएरआफ्नोसीमानाकोइमान्दार चौकिदारकोरूपमा तैनाथ गर्नु थियो।

ब्रिटेनले भारतको सुरक्षाको लागि अलग अलग तहको सुरक्षा पत्र निर्माण गरेको थियो उदाहरणको लागि पश्चिममा अफगानिस्तानको सीमानापारी मित्र शक्तिहरू स्थापना गर्ने, अफगानिस्तानलाई आफ्नो संरक्षकत्व अन्तर्गतको स्वतन्त्र राष्ट्रबनाउने र अफगानिस्तान र भारतको वीचमा विभिन्न जाती -जनजातीको स्वायत्त क्षेत्र कायम राख्ने।

१९४७ मा भारत स्वतन्त्र हुनु अघिसम्म पश्चिम र पश्चिम-उत्तरको बृटिस भारतको सुरक्षा रणनीति त्यही थियो।

हिजोका दिनमा दक्षिण र मध्य एसियाठूला र शक्तिशाली राष्ट्रहरूकोभूराजनीतिक महत्वाकांक्षाका कारण उनीहरूका प्राथमिकतामा थिए त्यसकारणद्वन्द्व र तनावको केन्द्रमा रहे।

यता उत्तर तर्फ तिब्बतलाई अफगानिस्तान जस्तै बफर राष्ट्र बनाएको थियो।

तिब्बतदेखि दक्षिण भुटान, सिक्किम, नेपाल,काश्मिरलाईदोस्रो तहको बफर राष्ट्रहरूको हैसियतमा स्थापना गरेको थियो।

त्यस्तो बफरको औचित्यबारे नेपाल सम्वन्धी यो प्रसंग पनि मननीय छ सन् १८१४-१६ को नेपाल अङ्ग्रेज युद्धमा नेपाललाई भारतमा गाभ्ने बारेअङ्ग्रेज सरकारलेउच्चतम तहमा व्यापक विचार विमर्श र छालफल चलाएको थियो। तरत्यसका केही व्यवहारिक पक्ष रब्रिटिस भारतका सर्वोच्च शासक अर्थात भायसराय लर्ड हेस्टिंगसका हिमालयन मामिला सम्वन्धी सल्लाहकार डा. बुचानन. हेमिल्टन त्यस्का विरूद्ध उग्र विरोधमा उत्रिए।

ब्रिटिस भारत र चीन जस्ता एक अर्काप्रति घृणा र शत्रुता राख्ने दुई ठूला र शक्तिशाली मुलुकहरुकोवीचमा करीव एक हजार दुई सय किलोमिटर ( बाँके, बर्दिया, कैलाली र कन्चनपुर पछि जङ्गबहादुरको पालामा नेपालमा आएकोलेत्यतिखेरको नेपाल र ब्रिटिस भारत वीचको सीमानाको लम्बाई यस्तै थियो )को सीमा क्षेत्रमा बफरको रूपमा नेपाल रहँदा त्यसले ब्रिटिस भारतकोवृहत्तर राष्ट्रिय हितलाई नै सहयोग गर्ने कुरामा डा.हेमिल्टनले आफ्नो उच्च नेतृत्वलाई सहमत गराए।()

लर्ड हेस्टिंगसका उत्तराधिकारीहरूले बारम्बार डा.हेमिल्टनको विचारलाई अनुशरण गरिरहे।

के बिर्सन सकिन्न भने, सिकन्दरको समयदेखिनै दक्षिण र मध्य एसिया ठूला र शक्तिशाली राष्ट्रहरूकोभूराजनीतिक महत्वाकांक्षा र रणनीतिक लक्षको केन्द्र बनेको थियो।

हिजोका दिनमा दक्षिण र मध्य एसियाठूला र शक्तिशाली राष्ट्रहरूकोभूराजनीतिक महत्वाकांक्षाका कारण उनीहरूका प्राथमिकतामा थिए त्यसकारणद्वन्द्व र तनावको केन्द्रमा रहे।

तर आज तिनै क्षेत्रलाई प्रतिनिधित्व गर्ने चीन र भारतकोविश्व व्यापीरूपमाबढ्दोसामर्थ्य र प्रभावको कारण दक्षिण र मध्य एसियाले अतिरिक्त महत्व पाएका छन्।

द्वन्द्व र तनावले पनि नयाँ चरित्र ग्रहण गरेकोछ।

अझ भारत र चीनलाई जोड्ने अनि एसियाका तीन आणविक शक्ति राष्ट्र चीन, भारत र पाकिस्तान जोड्ने र एक अर्को मुलुकको अधिनमा रहेको जम्मु काश्मिरको भूभागमाथि उनीहरूको दावी रहेको कारण अमेरिका र रूस लगायत विश्वकासवै शक्ति राष्ट्रहरूको रूचि र ध्यान जम्मु काश्मिरमा लक्षित छ र केन्द्रित छ।

पूर्व सोभियत सङ्घ र अमेरिकाले अफगानिस्तानमा किन त्यत्रो ठूलो सैन्य रणनीतिको लगानी गरे भन्ने कुराकोएउटा उत्तर अफगानिस्तानसँग जोडिएकोर एकै साथ ची, भारत र पाकिस्तानको नसा छाम्न सकिने जम्मु काश्मिरको भूगोल पनि हो।

त्यसमाथि पाकिस्तानकोलागि पानीको एक मात्र मूल स्रोत भनेको पनि पनि जम्मु र काश्मिरबाट झर्ने नदीहरू हुन्।

अर्थात राष्ट्रकोरूपमा पाकिस्तानको जीवन नै जम्मु काश्मिरबाट झर्ने नदीहरूमा निर्भर छ।

क्रमश:

सन्दर्भसूची

१)राजिव डोग्रा ह्वेर बोर्डस ब्लीड , एन इन्साइडर्सअकाउन्ट अफ इन्डो-पाक रिलेसन्स, रूपा,२०१५ पृष्ठ-४।

(२)डोग्रा,ऐजन

(३) रोमिला थापर अ हिस्टोरी अफ इन्डिया, भोल्युम वन , पेङ्गुइन बुक्स,१९९० पृष्ठ ७४

(४)सेवानिवृत्तकर्णेलडा.तेजकुमारटिकुइम्पररललितादित्य:वनअमङ्गइन्डियाजग्रेटेस्टसोल्जरस्टेट्समेन,इन्डियनडिफेन्सरिभ्यू,भोल्युम३३.३जुलाई-सेप्टेम्बर२०१८

(५)रोमिलाथापरऐजन,पृष्ठ२२५

(६) भारतीय काङ्ग्रेस पार्टी सम्वद्ध विख्यात भारतीय पत्रकार र लेखक एम. जे. अकवर २०१४मा भारतीय जनता पार्टीमा सम्वद्ध भए र नरेन्द्र मोदीको पहिलो सरकारमा२०१५-२०१८ को अवधिमा विदेश राज्य मन्त्री समेत थिए I उनीद्वारालिखित र चर्चित पुस्तक इन्डिया दी सीज विदीन, पेङ्गुइन बुक्स, १९८५, पृष्ठ २२०

७)गाइल्ज मिल्टनको चर्चित पुस्तक रसियन रूलेट : अ डेडली गेम हाउ ब्रिटिस स्पाइज थवार्टेडलेनिन्ज ग्लोबल प्लटबाट राजिव डोग्राको पूर्वोक्त पुस्तकमाउद्धृत, पृष्ठ १९९।

(८)सीक्रिस्टोफरफेयर-फाइटिङ्टुदीइन्डदीपाकिस्तानआर्मिजवेअफवार,अक्सफोर्डयुइनिभर्सिटीप्रेस,२०१४,पृष्ठ१०८

(९) ए. ल्याम्ब -ब्रिटेन एण्ड चाइनिज सेन्ट्रल एसिया : दी रोड टु ल्हासा १७६७ टु १९०५, रुटलेज एण्ड केगान पल , १९६०, पृष्ठ ३९-४० बाट फ्रेडरिक ए. ग्रिनहट द्वितीय लिखित पुस्तक दी तिबेतियन फ्रन्टियर्स क्वेस्चन फ्रम कर्जन टु कोलाम्बोकन्फरेन्स, एस चन्द एण्ड कम्पनी, (मिति नभएको) पृष्ठ २मा उद्धृत ।

-केशवप्रसाद भट्टराई

(भट्टराईनेपालइन्स्टिच्युटफरस्ट्र्याटिजिकस्टडिज(निस)सँगसम्वद्धछन्)