इन्डो प्यासिफिक ग्रेट-गेम: प्रथम चरण

Publish On: January 3, 2020

अप्रिल २५, १८४६मा एउटा विवादित क्षेत्रमा मेक्सिकोको सेनाले अमेरिकी सेनाको मेजर जनरल ज्याकरी टेलर (पछि राष्ट्रपति) को नेतृत्वको सेनामाथि आक्रमण गर्‍यो र रिओग्रान्ड नदी तरेर त्यसको किनारस्थित अमेरिकी किल्लामाथि नियन्त्रण स्थापना गर्‍यो।

त्यस आक्रमणमा एक दर्जन अमेरिकी सेना मारिए।

१८२१ मा स्पेनबाट स्वतन्त्र भएको मेक्सिको त्यतिखेरनिकै ठूलो र शक्तिशाली मुलुक थियो। अमेरिकी राष्ट्रपति जेम्स नक्स पोल्क र काङ्ग्रेसवीचको लामो उहापोहपछि मे १३ मा अमेरिकी काङ्ग्रेसले राष्ट्रपति पोल्कको आग्रह बमोजिममेक्सिको विरूद्ध युद्धकोघोषणा गर्‍यो।

युद्धमा अमेरिका झन्डै पराजयको स्थितिमा पुगिसकेको थियो। त्यसै वीच अमेरिकी सेनाका जनरल विन्फिल्ड स्टकको नेतृत्वको सेनाले प्रशान्त महासागर तर्फबाट मेक्सिकोको राजधानीमाथि नै आक्रमण गरिदिए।

स्वाभाविक रूपमा मेक्सिको अत्तालियो। फेब्रुवरी २,१८४८मा क्यालिफोर्निया लगायत उताहा, नेभादा, टेक्सास, एरिजोना, पश्चिमी कोलोराडोर न्यु मेक्सिको अमेरिकालाई सुम्पिने र अमेरिकाले मेक्सिकोलाई १५ अर्व डलर बुझाउने गरीदुईमुलुकबीच सन्धि भयो। मेक्सिकोको आक्रमणमा अमेरिकी नागरिकको भएको क्षतिवापतको पाँच अर्व डलरको जिम्मेवारी पनि अमेरिकाले नै लियो।

उक्त युद्धमामेक्सिकोले आफ्नो आधा भूभाग गुमाउन पुग्यो।()

जुन जुन लक्ष्य राखेर पोल्क राष्ट्रपति भएका थिए चार वर्षको कार्यकालमा ती सबै पुरा गरेरै छोडे।

उनको मूख्य लक्ष्य प्रशान्त महासागरसम्म अमेरिकालाई विस्तार गर्नु र अमेरिकालाई आन्ध्रमहासागर साथै प्रशान्त महासागरीय राष्ट्र बनाउनु थियो।

क्यालिफोर्नियाको विजय र जुन १५, १८४६मा ब्रिटेनसँग भएको ओरेगन सन्धि अन्तर्गतक्यालिफोर्नियादेखि क्यानाडासम्मको प्रशान्त महासागर तटको भूभाग अमेरिकामा गाभियो। अमेरिका प्रशान्त क्षेत्रको मुलुक बन्यो।

यसरी अमेरिकालाई एक तिहाइभन्दा बढी भूभाग प्राप्त भयो र वास्तविक अर्थमा ऊ एउटा महाद्विपीय राष्ट्र बन्यो।

अमेरिकाको राजनीतिक र प्रशासनिक संरचनाहरू विकास हुँदै गरेको अवस्थामा लाखौँ लाख वर्ग किलोमिटरमा विस्तारित विशाल अमेरिकी भूभागमा कानुन र व्यवस्था कायम राख्ने जिम्मा दशकौँसम्म अमेरिकी सेनाकै रह्यो()स्वाभाविकरूपमा त्यसले अमेरिकी भूभागको रक्षाको लागि एउटा वृहतसुरक्षा घेरा निर्माणको आवश्यकताबारे राजनीतिक नेतृत्वलाई सहमतबनाउन र प्रभावितपार्न अमेरिकी सैनिक नेतृत्व सफल भयो।

उत्तर तर्फ क्यानाडा र दक्षिणमा मेक्सिकोसँग सीमाना जोरिएको थोरै भूभाग बाहेक तीन तिर समुद्र भएको कारणले ऊ आफ्नो भौगोलिक सीमाको सुरक्षाबाट आश्वस्त भएर प्रशान्त महासागरका टापु राष्ट्रहरूलाईत्यहाँका शासकहरूसँग खरीद गर्दै, तिनलाईविलय गर्दै जापान, चीन र भारत तर्फ रणनीतिक उपस्थिति बनाउँदैव्यापार विस्तार र समृद्धिको यात्रामा लाग्यो।

प्रशान्तमहासागरमारूसीप्रवेश

यहाँअर्कोसन्दर्भपनिजोडिनआउँछ

रूसको टर्की र फ्रान्ससँगको विवादछँदै थियो। टर्कीको ओटोमन साम्राज्य निरन्तरकमजोर बन्दै गएको अवस्थामा त्यहाँ उत्पन्न शक्तिशून्यतालेयुरोपकाराष्ट्रहरूमाथि पारेकोदवावले गर्दा रूसले टर्कीमाथि दवाव बढाउन थाल्यो।

फ्रान्सको रूससँगको विवाद मध्य टर्कीमाथिको रूसको त्यस्तो दवावले ब्रिटेनको मध्य पूर्व र भारतमाथिको औपनिवेशिक हितमा पर्ने असरले गर्दा बेलायत, फ्रान्स र टर्कीको संयुक्त सेनारूस विरूद्धको युद्ध मूलतः क्रिमियाको सेभास्टोपोल र ब्ल्याक सीमा लडिएको थियो।

युद्धमा एकातिर रूस एक्लै थियो, अर्कोतिर बेलायत, फ्रान्स र टर्की थिए। तीनवटै मुलुकमिलेररूसको सामुद्रिक नाकाबन्दी गरे।परिणामस्वरूप अत्यावश्यक सामग्री र औषधि समेतको अभावमा रूस ठूलो क्षति बेहोर्न वाध्य भयो।

मार्च १८५६मा पेरिसमा शान्ति सम्झौता भयो।

युद्धको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकोयुद्धमा जलसेनाकोनिर्णायक महत्व स्थापना हुनु थियो।

रूसलाई रणनीतिक अप्ठेरोमा पार्ने उद्देस्यले ब्ल्याक सीलाई असैन्यिकृत र तठस्थ क्षेत्र बनाइयो र युरोपको दोस्रो लामो र पूर्वी र मध्य युरोपका मुलुकहरूलाईजोड्ने अन्तर्राष्ट्रिय नदीको रूपमा रहेको डेन्युब नदी जोडिने रूसी भूभाग पनि रूसबाट खोसियो।

यसरी अन्तर्राष्ट्रिय जल क्षेत्रमा पुग्ने रूसको बाटो सबैतिरबाट छेकियो। त्यसलेभौगोलिकरूपमा अन्तर्राष्ट्रियसमुद्रमाखुला पहुँचनभएको रूसलाईआफ्नो भौगोलिक बन्धनको तीतो अनुभव गरायो।

त्यसबाट आफ्नो औद्योगिक पूर्वाधार रविशाल भूभागलाई आन्तरिक रूपमाजोड्ने विस्तृत रेल संजाल निर्माण गर्ने आवश्यकता उसले देख्यो।

अर्को कुरा, युरोपका शक्तिशाली मुलुकले अन्तर्राष्ट्रियसमुद्रसम्मको आफ्नो पहुँचलाई सधैँ छेकिरहन सक्ने भएकाले उसले आफ्नो समुद्री हित र महत्वाकांक्षालाई पूर्वमा एसियातर्फ केन्द्रित गर्न पुग्यो।()

युद्धले रूसमा चरम आर्थिक सङ्कटको स्थिति उत्पन्न गर्‍यो। आफ्नो मुलुकको रक्षा गर्न पनि आर्थिक स्रोतको अभाव भएपछि उ अलास्का समेत अमेरिकालाई वेच्न वाध्य भयो।()

पश्चिममा ब्रिटेन, फ्रान्स र टर्कीबाटपराजित रूसलाई उता ब्रिटेनको उपनिवेश रहेको र क्यानाडामै जोरिएको रूसको सुदुर पूर्वीभाग अलास्कामाथिब्रिटेनले आक्रमणगर्ने र नियन्त्रणमा लिने सम्भावना देखेकोले ब्रिटेनसँग शत्रुतापूर्ण सम्वन्ध भएको अमेरिकालाई अलास्काबिक्री गर्ने निर्णय रूसले गरेको थियो।

मार्च १८६७मा७२ लाख डलरमा रूस र अमेरिका वीच अलास्काको लेनदेन सम्वन्धी सम्झौता सम्पन्न भयो।

अलास्का बिक्री गरेर आएको रकम मूलतः साइबेरिया वारपार रेल सञ्जाल निर्माणका साथै भ्लाडिभोस्टकमा रेल वे टर्मिनल र प्रशान्त महासागरमारूसको पहुँच निर्माण र विस्तारमा रूसले उक्त रकम खर्च गर्‍यो।

क्रिमिया युद्धकै अवधिमा अमुर नदीको मैदानमा रूसी सैन्य गतिविधिमा विस्तार भइरहेको थियो। युरोपीय जलक्षेत्रमा आफूमाथि नाकाबन्दी भएपछि रूसले प्रशान्त क्षेत्रमा आफूलाई केन्द्रित गर्यो र अमुर नदीको बाटो प्रशान्त महासागरमा आफ्नो प्रवेशलाई सुनिश्चित तुल्यायो।

मे १६, १८५८ मासम्पन्न एगन सन्धि अनुसार चीनले रूसलाई अमुररउसुरी नदी क्षेत्रको ठूलो भूभागर भ्लाडिभोस्टकबन्दरगाह हस्तान्तरण गर्‍यो।

यसबाट प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सवल बनाउने अवशर रूसलाई प्राप्त भयो अत्यन्त ठूलो रणनीतिक महत्वको करिब छ लाख बर्ग किलोमिटर भूभाग पनि उसलाई प्राप्त भयो।

रूस कोरिया प्रायद्वीपसम्म आइपुग्यो।

मोटामोटी रूपमा एगन सन्धि र१८६१मा सम्पन्न पेकिङ् सन्धिद्वारा तय भएको सीमाना नै वर्तमानमा चीन र रुसको सीमाना हो।

यो पनि पढ्नुहोस्:

इन्डोप्यासिफिकरणनीति:पृष्ठभूमिकाभारतीय,अमेरिकीपात्ररचरित्रहरू

भ्लाडिभोस्टकले रूसलाई प्रशान्त महासागरमासैन्य पहुँच प्रदान गर्यो र ट्रान्स साइबेरियन रेल मार्गको आरम्भ बिन्दु पनि भ्लाडिभोस्टकनै बन्न पुग्यो।()

युरोपमाबेलायत र फ्रान्स रूसलाई छेक्नसफल भए पनिपूर्वी एसियामा रूसलाई असाधारण कूटनीतिक र रणनीतिक सफलताप्राप्त भयो।

स्मरणीय छ,आफ्नो मुलुक कमजोर रहेको अवस्थामा भएका ती सीमा सन्धि आफूलाई अमान्य भएकोकारण जताएर चीन र रूसवीच भएको सीमा विवाद बढ्दै जाँदा १९६९मा दुई मुलुक सीमा क्षेत्रकोझडपमापनि संलग्नभएका थिए।

दुई ठूला कम्युनिस्ट राष्ट्रहरू माझको उक्त सीमा विवाद र झडपले शीतयुद्धकालीन विश्वमा शक्ति सन्तुलनको नयाँ इतिहास रचना गरेको थियो तर सोभियत सङ्घको पतनपछिको भ्लादिमिर पुटिन नेतृत्वको रूसलेकेही भूभाग समेत चीनलाई फिर्ता गरेर २००६ मा दुवै देशलेचार हजार वर्ग किलोमिटर लामो सीमा रेखा तय गरेका छन् ।

अमेरिकाकोआरम्भिकइन्डोप्यासिफिकअभियानजापानकोएकान्तबास

प्रशान्त महासागरलाई आफ्नो पश्चिमी तटमा पाएपछि अमेरिकाको प्रशान्त अभियान आरम्भ भयो। चीन र भारतबारे प्रशस्त सुनेका र बुझेका अमेरिकी नीति निर्माताहरूको त्यतिखेरको रुचि त व्यापार नै थियो तर व्यापारिक सुविधा प्राप्ति र व्यापारिक जहाजहरूको सुरक्षाको लागि पनि सेनाको महत्व त निर्णायक छँदै थियो।

यी दुवै कुरालेअमेरिकी रणनीति निर्माणमा मूख्य योगदान गरेको थियो।

त्यसो त अमेरिकीस्वतन्त्रता लगत्तै अमेरिकी व्यापारीहरूको ध्यान चीन लगायतकाएसियाली मुलुकहरूसँगको व्यापारमाव्यापारमा गएको थियो।

फेब्रुवरी २२, १७८४मा इम्प्रेस अफ चाइना नामको एउटा अमेरिकी जहाज चीनकोक्यान्टनको लागि प्रस्थान गर्‍यो। एउटास्वतन्त्र मुलुकको रूपमा अमेरिकाले गरेको उक्त अभ्यासएउटा नयाँ इतिहासको आरम्भ मात्रै थिएन प्रशान्त महासागर छिचोलेर एसियाका मुलुकहरूसँगकोउक्त व्यापारिक अभियान अन्तर्राष्ट्रिय सम्वन्धको दृष्टिले पनि एउटा विशिष्ट अध्याय थियो।()

युरोपसँगको व्यापारमा घाटा मात्र बेहोरिरहेको अमेरिकाकालागि इम्प्रेस अफ चाइनाको अभियानले नयाँ आशा र विश्वास जगाएको थियो।

न्युयोर्कबाट एटलान्टिक महासागरको सुदुर दक्षिणहुँदैदक्षिण अफ्रिकाको तल्लो छेउलाई परिक्रमा गर्दै हिन्द महासागर प्रवेश गरेर मलक्का जलमार्ग भएर हावाको गतिको दवावमा मात्रै अघि बढ्ने उक्त जहाजलाई न्युयोर्क देखि क्यान्टन ( वर्तमान गुवाङ्झाऊ)सम्मको तीस हजार किलोमिटरको दूरी पार गर्न छ महिना लाग्यो।

सामान बेच्न अर्को चार महिना र पुनः न्युयोर्क फर्किन अर्को पाँच महिना समेत गरी मे १७८५मा उक्त जहाज पुन: न्युयोर्क बन्दरगाह पुग्दा १५ महिना लाग्यो।

भविष्यको आशाको नाउमा न्युयोर्कमा उक्त जहाज र त्यसका यात्रु र कर्मचारीको भव्य स्वागत गरियो।

१८३० को दशकमा ती जहाजहरूमा व्यापक सुधार गरियो र क्लिपरसिप भनिनेत्यस्ता सुधारिएका जहाजहरुले आफ्नो गतिमा क्रान्तिकारी सुधार ल्याए।()

ओरेगन र क्यालिफोर्निया र खास गरेर सान फ्रान्सिस्को खाडीमाथिकोस्वामित्वले अमेरिकालाई प्रशान्त क्षेत्रका एसियाली मुलुकहरूमा आफ्नो प्रभाव स्थापना र आर्थिक, सैनिक तथा रणनीतिक हित प्राप्ति र सुरक्षाका सबै सम्भावना उघारिदियो।

इम्प्रेस अफ चाइनाले अनौपचारिकरूपमा अमेरिका र चीनवीचको व्यापारिक सम्वन्धलाई स्थापना गरिसकेकै थियो।

त्यसैको परिणाम सन् १८४४मा दुई मुलुक वीच मोस्ट फेभर्ड नेसनको व्यवहार गर्ने र एक अर्का देशका नागरिकहरूलाई एक अर्को मुलुकलेप्रदान गर्नेव्यवहारसमेत उल्लेख गरेर एउटा सन्धि सम्पन्न भइसकेको थियो।

त्यसैले निर्माण गरेको परिवेशमा १८६२मा बेइजिङ्गमा प्रथम अमेरिकी दुतावाश पनि स्थापना भएको थियो।

तर जापानमा भने अमेरिकाले प्रवेश नै पाएको थिएन।

अन्तर्राष्ट्रिय राजनीति र अमेरिकाको प्यासिफिक अभियानको क्रममा एउटा कोशे ढुंगा हो अमेरिकी जल सेनाका सेनापति मात्र नभएर एक दक्ष कूटनीतिज्ञ कमडोर मेथ्यु पेरीको जापान यात्रा।

जापानमा क्रिश्चियनमिसिनरीहरूलेलाखौँको सङ्ख्यामा जापानीहरूको धर्मान्तरण गराएको, ठूलो सङ्ख्यामा जापानी महिलाहरूलाई दास बनाएको र गुप्तरूपमा जापानमाथि आक्रमणको षड्यन्त्र गरिरहेको आशंकामा १५८७मा जापानी प्रधान मन्त्री र जापानको एकिकरणका नायक तथा परम वीर मानिने तोयोतोमी हिदेयोशीले सवै विदेशी मिसनरीहरूलाईदेश निकालाको आदेश दिएका थिए।

त्यसको १० बर्ष पछाडि नागासाकीमा २६ जना क्रिश्चियन हरूलाई फाँसी दिइयो।()

नेपालमा राणाहरूको शासनको स्थापना भएजस्तै सन् १६०३मा जापानमातोकुगावा वंशकासैन्य योद्धाहरूको वंशानुगत शासन आरम्भ भयो। उक्त शासनले जापानमा स्थिरता र शान्तिको नयाँ अध्याय आरम्भ गरेको थियो।

सोही शासन अन्तर्गत जापानमा जो कसैले पनि डुङ्गा वा जहाजमा जापान बाहिरका कुनै अन्य मुलुकको भ्रमण गरेमा वा ती मुलुकको भ्रमण गरी जापान फ़र्किएमामृत्यू दण्ड दिइने, जापानमा लुकेररहेका कुनै क्रिश्चियन पादरीको सूचना दिने व्यक्तिलाई पुरस्कारका रूपमाचार सय देखि पाँच सय सम्म रजत मुद्रा प्रदान गरिने, क्रिश्चियन धर्म प्रचार गर्ने वा क्रिश्चियन नाम धारण गर्ने व्यक्तिलाई थुनामा राखिने जस्ता कानुन बने।()

जापानमा अढाई सय बर्ष सम्म शासन गरेको तोकुगावा वंशको शासनकाललेजापानलाई असाधारण शान्ति र स्थिरता मात्रै दिएन, विलक्षणसमृद्धि पनि दियो।

तर उक्त शासनकालको समाप्ति तिर जापान अन्य युरोपेली मुलुकहरूर अमेरिकाको तुलनामा जापान निकैपछि परेको थियो र उसको आर्थिक अवस्थापनिकमजोर हुँदै गएकाले वंशानुगत प्रधानमन्त्रीहरूको शासन विरूद्ध जापानीहरूमा असन्तोष बढिरहेको थियो।

त्यस अवधिमा जापानमा विदेशीहरूका लागि नागासाकी बन्दरगाह वाहेक अन्य बन्दरगाहमा पहुँच र प्रवेश निषेधित थियो। नागासाकीमा डचहरूलाई मात्रविशेष अधिकार प्राप्त थियो र जापानी अधिकारीहरू सँगको कुनै पनि वार्ता डच अधिकारीहरू मार्फत मात्रै हुने व्यवस्थाथियो।

१८९३२ -१९३५को अवधिमा अमेरिकी राष्ट्रपति एन्ड्रयु ज्याक्सनले एडमण्ड बर्क्स नेतृत्वको टोलीलाई बारम्बारजापान लगायत एसियाली मुलुकहरूसँगसन्धि गर्न पठाएका थिए, तर बर्क्स जापान पुग्नै सकेनन्।

१८३७मा एउटाबिग्रिएको जापानी जहाजका नाविकहरू समेत समावेश गरेर वृहत टोली जापान पठाइएको थियो।

जापानीहरू समेत समावेश भएको टोलीहुँदा जापानी अधिकारीहरूसँग वार्ता गर्नसरल हुने अपेक्षा अमेरिकी अधिकारीहरूको थियोतर इडो खाडीको (टोकियो खाडी) उरागा नजिक जहाज के पुगेकोथियो जापानीहरूले उक्त जहाजमाथि गोला बर्षा गरिदिए। उक्त जहाजले जापानी नागरिकहरूलाई उतार्न समेत नपाई उरागा छोडेर भाग्नु परेको थियो। (१०)

यो पनि पढ्नुहोस्:

इन्डो-प्यासिफिक रणनीतिको ऐतिहासिक पृष्ठभूमि

१८४० को दशकमा जापानमाथिको अमेरिकी रूचिमा व्यापक वृद्धि भइसकेको थियो। १८४५मा राष्ट्रपति जेम्स नक्स पोल्कले एउटा युद्ध पोत सहित एक अमेरिकी उच्चाधिकारी (कमिस्नरदर्जाका व्यक्ति ) लाई चीनसँगको सन्धिलाई अनुमोदन गराउन र जापानसँग नयाँ सन्धि गर्न पठाए।

समुद्र यात्राकै क्रममाती अमेरिकी कमिस्नरको निधन भयो। त्यसपछि कमडोर जेम्स बिडलले उक्त अभियानलाई निरन्तरता दिएका थिए। तर एडोको खाडीमा अमेरिकी पोत पुग्ने बित्तिकै जापानकासैनिक डुङ्गाहरूले अमेरिकी जहाजलाई घेराबन्दीमा पारे, अमेरिकी अधिकारीहरूलाई दुर्व्यवहार गरे र अमेरिकी राष्ट्रपतिको पत्र बुझ्न समेत अस्वीकार गरे।

अमेरिकीजहाजतोप गोलाले सुसज्जित थियो तर कमडोर बिडललाईहतियार प्रयोग गर्ने अख्तियारी थिएन, त्यसैले उनी विना प्रतिकार फर्किए।(११)

उक्त घटना भविष्यका अभियानका लागिशिक्षा बन्यो र त्यसलेसरकार र जल सेनामा उक्त अपमानको बदलाको भावना साथै जापानसँग सम्वन्ध विकास गर्नमा एउटा प्रेरक शक्तिको काम गर्यो।

अमेरिकी जहाजहरू दुर्घटनामा पर्दा यात्रुहरूको उद्धार र जहाज मर्मत वा पुनर्निर्माण लगायत पानी, इन्धन आदि सुविधार अमेरिकी जहाजहरूलाई जापानी बन्दरगाहहरूमा व्यापार गर्ने सुविधाको लागि जापानसँगको सन्धि अमेरिकाको प्रमुख सरोकार बनेको थियो।

अमेरिकाकोइन्डोप्यासिफिकरणनीतिकोप्रस्थानविन्दुमेथ्युपेरीअभियान

राष्ट्रपति मिलर्ड फिलमोरर विदेश मन्त्रीडेनियल वेब्स्टर त्यसकालागि कृत संकल्पित थिए।

अक्टोबर १८५२मा जापानलाई पहिलो प्राथमिकतामा राखेर एसियाका मुलुकहरूमा व्यापारिक सम्भावनाहरू पहिचान गर्न र कूटनीतिक सम्वन्ध विस्तार गर्ने उद्देस्यले अमेरिकी राष्ट्रपति मिलियर्ड फिल्मोरले कमडोर मेथ्यु क्याल्ब्रेथ पेरीकोनेतृत्वमायुद्ध र सन्धि समेत गर्न सक्नेएउटा सर्वाधिकार सम्पन्न सैनिक र व्यापारिक प्रतिनिधि मण्डल जापान पठाए।

भारत लगायत एसियालीक्षेत्रका अमेरिकी जलसेनाका अनुभवी कमान्डर पेरी राष्ट्रपति फिलिमोरको एसिया रणनीतिकोअङ्गबनेर जापान अभियानमा गए।(१२)

पेरीअभियानदलसर्वाधिकार सम्पन्न भए पनि, आत्मरक्षाको लागि र कसैको हिंसात्मक कार्यलाई नियन्त्रण गर्ने उद्देस्यले बाहेक हरहालतमा बल प्रयोग नगर्ने स्पष्ट आदेश राष्ट्रपति र विदेश मन्त्रीले पेरीलाई दिएका थिए।

राष्ट्रपतिकै प्रतिनिधिको रूपमा संपूर्ण विशेषाधिकार सहित पठाइकोले यसपाली अमेरिकी अधिकारीहरू पानि बढी नै उत्साहित थिए।

वरिपरीबाटतोपप्रहार गर्न सकिने चार वटायुद्धक जहाज सहित दर्जनौ अन्य जहाज र करीव २०० सैनिक जुलाई ८, १८५३माजापानको इडोबन्दरगाहमा पुगे। जापानी अधिकारीहरूलाई आफू अमेरिकी राष्ट्रपतिको प्रतिनिधिकोरूपमा सम्वन्ध विकास गर्न आएको सन्देश पठाए।

यस पटक सेना हतियारले सुसज्जित हजारौँ सेनालाई छेवैमा तैनाथ गरेरर युद्धमा प्रयोग गरिने डुङ्गाको लावा लस्करबाट अमेरिकी जहाजहरूलाई वरिपरीबाट घेरेरजापानी अधिकारीहरूपेरीलाईभेट्न आए।

जापानी अधिकारीहरूलेसवै अमेरिकी जहाजको निरीक्षण गरे। अन्तमा अमेरिकी राष्ट्रपतिलेजापानका सम्राटलाई विनम्र र अत्यन्त मित्रतापूर्ण भाषामा जनावरको छालाबाट बनाइएको कागजमा लेखिएको, नीलो मखमलको कपडामा बेरेर सुगन्धित काठ र सुनबाट निर्मित बट्टामा रखिएको पत्र(१३)पेरीले जापानी अधिकारीहरूलाईहस्तान्तरण गरे I साथै पेरीद्वारा जापानी सम्राटलाईलेखिएकोपत्र पनि बुझाइयो। त्यसको जापानी र डच भाषामा गरिएको अनुवाद पनि बुझाए।

त्यो एउटा आरम्भ थियो। जापानी आधिकारीहरूले उत्तरमाकेही भनेनन्। तर सन्देश गयो। केही महिना पछिथप तयारीका साथ जापान आउने उद्देश्यले पेरी चीन फर्किएर त्यहाँको समुद्री तट क्षेत्रमा बसेका थिए। चीनमा रहेका आफ्ना रणनीतिक सुविधाहरू समेत थपेर१०० वटा तोप तैनाथ छ वटा जहाज र सयौँ सैनिकहरू साथमा छ महिना पछि उनी फेरि जापान पुगे। उनी अझै केही ढिलो गरेर जापान जाने विचारमा थिए तर रूस र फ्रान्स पनि जापान अभियानमा रहेको खवर पाएपछि उनी जापान तर्फ लागेको थाहा पाए पछि हतारिएर पुनः जापान पुगे।

उनको पहिलो भ्रमणले सम्पूर्ण वातावरण मिलाइसकेको र जापानका वंशानुगत प्रधान मन्त्री हरूको प्रभाव कमजोर हुँदै गएको र एकान्तवासले जापानलाई बाँकी दुनियाँबाट अलग-थलग राखेको र त्यसले जापानकोविकाशर समृद्धिलाई पनि छेकेको अनुभव गरी जापान अमेरिका सँग सम्वन्ध बढाउन मानसिकरूपमातयार भएर बसेको थियो।

बाहिरी दुनियाँबाट अलग्गै रहेको तथा विज्ञान र प्रविधिको विकासमा पछि रहेको जापानका शासक समुदायस्वचालित देखिने वाष्प इन्जिन युक्तठूला ठूला फलामबाट निर्मितर तोप बाट समेत सुसज्जितजहाजहरू समेत आएकाले त्यसलेजापानीहरूमा उत्सुकता भय र आफ्नो पिछडिएकोअवस्था समेत वोध गरायो।

जहाज, तोप, बन्दुकबाट सुसज्जित जहाज र सयौँ सैनिकहरूको सङ्ख्याबाट एकातिरविश्मित र त्रषित थिए भने, अर्कोतिर अमेरिकीउपहारको परिमाण र उनीहरूले ज्ञान विज्ञानको क्षेत्रमा प्राप्तगरेको उपलव्धि थाहा पाउँदा र आफूहरूको पिछडिएको अवस्थाबाट चिन्तित भए र अमेरिकासँगसम्वन्ध विकासगर्नलालायित भए।

पेरीले उपहारको रूपमाजापानका सम्राट , राजकुमार, रानी, उनका मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तिहरूलाई लगेका उपहारहरूमा पेस्तोल, तरवार,वायरलेस उपकरण,कृषि यन्त्रहरू, वाष्प द्वारा चल्ने पानी जहाजका नमूना देखि लुगा, शृंगार सामग्री, शौचालयमा प्रयोग हुने वस्तुहरू देखि मदिरार अमेरिकाको प्राकृतिक इतिहास, चरा चुरुङ्गी , वृक्ष,वनष्पति,फलफुल , कृषि उत्पादन जीव जन्तु, र अमेरिकी सरकारको कार्य संचालनका विधि, पद्धति , प्रक्रिया सहित सरकारकानिर्णय, घोषणा लगायतका विविध सामग्रीहरू थिए।(१४)

एक किसिमले अमेरिकाको सम्पूर्ण परिचय दिने सामग्रीहरू उपहारमा लगिएका थिए र सम्भवत: मानव इतिहासमा त्यत्रो परिमाणमा त्यस किसिमका सामग्रीहरू आज पर्यन्त कसैले कसैलाई दिएको छैन।

यो अमेरिकाले जापानलाई दिएकोमहत्वको एउटा असामान्य उदाहरण पनि हो।

यहाँअर्कोएउटाऐतिहासिकमहत्वकोतरइतिहासकारहरूलेकममहत्वदिएकोघटनापनिस्मरणीयहुनआउँछ

अमेरिकाले जस्तै क्रिमिया युद्धपछि रूस पनि आफ्नो समुद्री भविष्य पहिचानगर्ने उद्देस्यले उपजल सेनाध्यक्ष इफिमे भी. पुट्याटिन नेतृत्वको एउटा युद्धक जहाज फ्रिगेट पल्लडा बेलायत, अफ्रिका महादेश परिक्रमा गरेरहिन्द महासागर छिचोलेर चीन हुँदैअगस्ट२२, १९५३मा जापानको नागासाकीपुगेको थियो।

भारत लगायत दक्षिण एसियामा बेलायतको र दक्षिण पूर्व एसियामा बेलायत, फ्रान्स, पोर्चुगल,नेदरल्याण्ड आदि मुलुकको उपनिवेश स्थापना भइसकेको थियो। चीनका तटवर्ती क्षेत्रमा समेत ब्रिटेनकै प्रभुत्व कायम भएको र भित्री भूभागमा विद्रोह र उथलपुथल ( ताइपिङ् विद्रोह ( १८५०-६४ ) मच्चिईरहेको क्रममा दुई करोड मानिसको हत्या भएको अवस्थामा अमेरिका र रूसदुबैको ध्यान जापानमा लक्षित थियो।

रोचक कुरो के थियो भने, कमडोर पेरी जापान पुगेको पाँच साता पछि नै रूसी जलसेनाउपाध्यक्ष पुट्याटिन पुगेका थिए।

उनी यसरी पेरी भन्दा पछि जापान पुग्नुको कारण भने हिन्द महासागरमा आएको आँधीले उनको जहाज बिग्रिएको, त्यसको मस्तुल नै खुस्किएकोर त्यसको मर्मतगर्न लामो समय लाग्नु थियो। अर्को, अमेरिकी जहाजहरू प्राविधिकरूपमा रूसी भन्दा उत्तम कोटीका भएकाले उनीहरूको गति पनि बढी थियो।

अझै रोचक कुरो के थियो भनेरूसी अधिकारीहरूले पुटियाटिनलाई दिएको गोप्य निर्देशनमा जापानले अमेरिकालाई जुन जुन बन्दरगाहहरूमा पहुँच प्रदान गर्दछ रूसले पनि तिनै तिनै बन्दरगाहमा त्यस्तै सुविधा माग गर्नुथियो।(१५)

क्रमश:

-केशवप्रसाद भट्टराई