भारतपाकिस्तान नयाँ तनाव

Publish On: February 27, 2019

काठमाडौँ भारत शासित कश्मीरको दक्षिण पुलवामामा यही फेब्रुअरी १४ मा भएको आत्मघाती हमलाबाट भारतीय अर्धसैनिक बलका ४६ जवानको निधन भयो । दर्जनौं घाइते भए । त्यसपछि आतंककारी विरुद्ध कारबाही चलाउँदा सेनाका एक मेजर र तीन जवानले ज्यान गुमाउनुपर्‍यो ।
यो घटनाले पुरै भारत भावनात्मक आवेगमा आएको छ । मंगलबार बिहान मात्रै भारतीय वायु सेनाको विमानले पाकिस्तानपट्टि बम खसालेको छ ।

भारतीय कारबाहीमा आतंककारी संगठन जैसएमोहम्मदको उच्च कमाण्डर कामरान भनिने अब्दुल रसिद घाजीसहित केही आतंककारी पनि मारिएका छन् । जैसएमोहम्मद त्यही संगठन हो, जसले काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण गरी अफगानिस्तानको कान्दाहार विमानस्थल पुर्‍याएर यात्रुलाई छाडेबापत आफ्नो मुख्य नेता मासुद अजारलाई दिल्ली जेलबाट छुटाउन सफल भएको थियो ।

भारत, बेलायत, अमेरिका र संयुक्त राष्ट्र संघले समेत जैसएमोहम्मदलाई आतंककारीको सूचीमा राखेका छन् । पाकिस्तानमा यो निषेधित भए पनि अन्य नामबाट सक्रिय छ । जैसएमोहम्मदले पाकिस्तानी सेनालाई लक्षित गरी आक्रमण गर्नुका साथै २००३ मा तत्कालीन राष्ट्रपति पर्वेज मुसरफलाई मार्ने प्रयाससमेत गरेको थियो ।

कश्मीरमा सन् १९८९ देखि सुरु भएको इस्लामिक विद्रोहमा ४७ हजारभन्दा बढी मान्छे मरिसकेका छन् । जुलाई २०१६ मा एक २२ वर्षीय विद्रोही नेता बुर्हान वानी सैनिक कारबाहीमा मारिएपश्चात् कश्मीरमा हिंसात्मक घटना बढ्न थाल्यो । सेप्टेम्बर १८, २०१६ मा विद्रोहीले कश्मीरको लाइन अफ कन्ट्रोल नजिक उरी सैनिक शिविरमा आक्रमण गर्दा डेढ दर्जन भारतीय सैनिक हताहत भएका थिए । त्यसको प्रतिकारमा भारतीय सेनाले पाकिस्तान शासित कश्मीरभित्र सर्जिकल स्ट्राइक गरेको थियो ।

पुलवामामा करिब २० वर्षका आत्मघाती आतंककारीले विस्फोटक पदार्थ भरिएको आनो गाडीलाई सुरक्षाफौज चढेको ७८ वटा बसहरूको लस्करमा जोतेर विस्फोट गराएका थिए । अति संवेदनशील सुरक्षाक्षेक्र कश्मीरमा गैरसैनिक गाडीलाई सुरक्षाफौज चढेको बस नजिकबाट निस्फित्री गुड्न दिनु भने सुरक्षा सतर्कतामा कमजोरी हो ।

पुलवामामा हालै भएको घटनाले तीनपटक युद्ध गरिसकेका र ससाना लडाइँ झेलिसकेका दुई आणविक शक्ति भारत र पाकिस्तान बीचको तनावलाई पुनः शिखरमा पुर्‍याएको छ ।

मोदी सरकारमाथि दबाब

मोदी सरकार अहिले क्याच२२ को अवस्थामा फसेको छ । यो माखेसाङ्लोबाट उम्किन सजिलो पनि छैन । राजनीतिक विश्लेषक, प्रतिपक्ष, रक्षा/सुरक्षाविज्ञ, नागरिक समाज तथा आम नागरिकको आवाज/झावना तथा आक्रमणकारीलाई दण्डित गर्न सशत्त प्रतिकारको माग एकातिर छ । निकट भविष्यको चुनाव जित्नुपर्ने बाध्यताका कारण केही न केही देखिने/देखाउने कारबाही नगरी नहुने दबाब पनि त्यतिकै छ । अहिलेकै घटनालाई लिएर भारत पाकिस्तानसंँग युद्धमा गइहाल्ने अवस्था पनि छैन ।

केही न केही नगरी नहुने भएकाले भारतले पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट एक्ल्याउन कूटनीतिक पहल सुरु गरिसकेको छ । पाकिस्तानमाथि आर्थिक दबाब पनि बढाएको छ ।

प्रधानमन्त्री मोदीले आवश्यक सैनिक कारबाहीका लागि सेनालाई पूर्ण स्वतन्त्रता दिएका छन् । सेनाले अहिले अत्यधिक गर्नसक्ने भनेको अझ सशक्त सर्जिकल स्ट्राइक हो । यो घडीमा रणक्षेत्रका फिल्ड अपरेटिभ अहिलेका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले के गर्छन् वा गर्न सक्छन्, प्रतीक्षाको विषय बनेको छ ।

पाकिस्तान आफैंपनि अतिवादी र आतंककारी समस्याका कारण आजित छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पुलवा घटनामा संलग्न आतंककारीबारे ठोस प्रमाण तथा इन्टेलिजेन्स खोज्नु र सहकार्य तथा संवादद्वारा समस्या सल्ट्याउने प्रस्ताव भारतसँग राख्नु सकारात्क कुरा हो । पाकिस्तानले संयुक्त राष्ट्र संघको मध्यस्थता खोज्नु र पाकिस्तान तथा भारत भ्रमणमा रहेका साउदी युवराजबाट समस्या समाधानको पहल हुनु अर्को सकारात्क पक्ष हो ।

कश्मीर समस्या

सन् २०४७ मा बेलायतबाट स्वतन्त्र भएर भारत र पाकिस्तान दुई देश बनेदेखि कश्मीरका विषयमा समस्या छ । इन्टेलिजेन्स सेवाका एक पाकिस्तानी कर्णेलको योजनामा अक्टोबर १९४७ मा पाकिस्तानी अर्धसैनिकले पास्तुन मसुद जातिका भाडाका लडाकुलाई लिएर कश्मीर कब्जा गर्न आक्रमण गर्‍यो । पास्तुन मसुद लडाकुलाई राजधानी श्रीनगर कब्जा गरेपछि त्यहाँं लुट्न पाउने सर्तमा ल्याइएको थियो । पाकिस्तानी फौजले अक्टोबर २५ मा श्रीनगरभन्दा ५० किमि वरको बारामुल्ला सहर कब्जा गर्‍यो र त्यसलाई नै श्रीनगर ठानी लुटपाट र अत्याचार गर्दै कैयौं दिन बितायो ।

पाकिस्तानी आक्रमणबाट आत्तिएका जम्मुकश्मीरका हिन्दु महाराजा हरि सिंहले भारतीय सेनाको सहयोग मागे । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र गभर्नर जनरल माउन्ट बेटनको योजनामा महाराजाले १९४७ अक्टोबर २६ का दिन जम्मुकश्मीरलाई भारतमा मिलाउने सहमति पत्रमा सही गरे । र भारतीय सेनाको छाताधारी फौज श्रीनगरको एयरपोर्टमा उत्रियो । पछि राष्ट्र संघको मध्यस्थतामा समस्या समाधानका लागि राष्ट्र संघको निर्णय४७ अनुसार आयोग गठन भयो र युद्धविराम, लडाइँ नगर्ने अस्थायी सहमति र जनमत गरी शान्ति स्थापना गर्ने प्रयास सुरु भयो ।

भारत र पाकिस्तान बीचको लडाइँ चलिरहेका कारण १९४९ मा लद्दाख तथा जम्मुकश्मीर उपत्यका गरी दुई तिहाइ भाग भारतमा र आजाद कश्मीर तथा केही उत्तरी क्षेत्र गरी एक तिहाइ भाग पाकिस्तानको अधीनमा रहन गए । यी दुई भागलाई अहिले पनि लाइन अफ कन्ट्रोलले छुट्याएको छ । मुसलमान बाहुल्य भारतीय कश्मीर र पाकिस्तानी आजाद कश्मीरको सिमानाको समस्या सधैं बल्झिरहन्छ ।

युद्धको सम्भावना

भारतीय टेलिभिजन हेर्दा लाग्छ, आजभोलि नै भारतले पाकिस्तानमाथि हमला गर्छ । भारतीय सञ्चार माध्यम अलि बढी होहल्ला गर्छन् । दोक्लाम घटनामा पनि यस्तै होहल्ला भएको थियो । मुम्बई ताज होटलमा आतंककारी हमला हुँदा पनि अनावश्यक प्रत्यक्ष प्रसारण गरी सुरक्षा कारबाहीलाई प्रभावित गरे ।

सैनिक सन्तुलनको आधारमा भारतीय सैनिक शक्ति पाकिस्तानको भन्दा बलियो छ । भूराजनीतिक बनावट र अवस्थितिका आधारमा परम्परागत युद्धका लागि पाकिस्तानको भौगोलिक गहिराइ न्युन छ र पुग्दैन । गुणात्मक हिसाबमा पाकिस्तानी सेना भारतीय सेनाभन्दा कम नभए पनि लामो समयसम्मको भारतीय आक्रमण पाकिस्तानले थेग्न सक्दैन । यही कारण, फाकिस्तानी सेनाले सशक्त आत्रामक युद्धनीति अख्तियार गरेको र आक्रमणकारी फौजलाई छोटो अवधिमा धेरै नोक्सान पुर्‍याउने रणनीति बनाएको छ ।

भारतीय सेनाको तुलनामा पाकिस्तानी सेनाको हौसला उच्च पाइन्छ । उच्च हौसला कायम गर्न प्रेरणाको स्रोत, तरिका र सशक्त कारण चाहिन्छ, जुन भारतको तुलनामा पाकिस्तानी सेनामा धेरै छ । भारत र पाकिस्तानबीच रहेको ऐतिहासिक नकारात्मकता, कट्टर इस्लामिक धर्म, पाकिस्तानलाई टुक्र्याएको (बंगलादेश बनाएको) चोट र कश्मीर विवािद आदि पाकिस्तानी सेनामा हौसला बढाउने स्रोत र कारण हुन् ।

सेनाको तल्लो तहसम्म पनि देशटुक्र्याएको इखका कारण समय आएपछि केही गरेर देखाउंँछौं अठोट छ । अतिवादी धार्मिक आस्थाको शिक्षाले भारतीयहरू हिन्दु हुन्, हिन्दुहरू हाम्रा दुश्मन हुन् र तिनीहरूलाई मार्नुपर्छ भनी प्रेरणा दिएर सेनामा बुद्धि भुटिएको छ । यस्तो गहिरो प्रेरणाले सैनिक क्षमतामा र्स मल्टिप्लायर गर्छ, जुन भारतीय सेनामा पाइंँदैन । राष्ट्रियताप्रति आस्थाको शिक्षा पनि लोकतान्त्रिक भारत र भारतीय सेनाको तुलनामा पाकिस्तानी सेनामा धेरै देखिन्छ । यस्तै कारक तत्त्वका कारण सानो सेनाले पनि ठूलो सेनालाई कज्याउन सक्छ ।

भारत र पाकिस्तान दुबै आणविक हतियार भएका शक्ति हुन् । भारत ठूलो तथा लोकतान्त्रिक मुलुक भएकाले आणविक हतियार प्रयोगको सम्भावना अति न्युन छ । पाकिस्तानले भन्नलाई जे भने पनि आफ्नो आणविक हतियारलाई स्ट्राटेजिक डेटरेन्सका रूपमा तैनाथ गरेको छ । मुलुकको अस्तित्व संकटमा पर्ने अवस्था आए मर्ता तो क्या न कर्ता वा एक्ट अफ डेस्परेसनको कदमस्वरुप पाकिस्तानले आणविक हतियार प्रयोग नगर्ला भन्न सकिंँदैन । यस्तो अवस्था आए यो भारतका लागिमात्र नभएर पुरै क्षेत्रका लागि अभिसाप हुनेछ ।

जसरी उत्तर कोरियाले आनो आणविक हतियारलाई स्ट्राटेजिक डेटरेन्सका रूपमा अख्तियार गरेर अमेरिकालाई समेत गलाउन सफल भयो, त्यसरी नै पाकिस्तानको आणविक डेटरेन्सका कारण भारतले पाकिस्तानमाथि अस्तित्व मेटाउने हिसाबले आक्रमण गर्न सक्दैन र गर्दैन । जति होहल्ला गरे पनि कुनै स्थान विशेषमा केही सानातिना लडाइँ बाहेक भारतले पाकिस्तानमाथि ठूलो आक्रमण गर्ने सम्भावना न्युन छ ।
-केशरबहादुर भण्डारी
लेखक नेपाली सेनाका पूर्वसहायकरथी तथा नेपाल इन्स्टिट्युट फर स्ट्राटेजिक स्टडिजका सचिव हुन्।